अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत चन्द्रागिरिलाई बागमती प्रदेशले दियो सबैभन्दा धेरै बजेट !
थानकोट ।
थानकोटस्थित त्रिभुवन पार्कको स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले समपुरक अनुदानतर्फ १५० लाख बजेट विनियोजन गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चन्द्रागिरि नगरस्थित नैकाप फुटबल ग्राउण्ड नजिकको सडकका लागि समेत सोही परिमाणको रकम विनियोजन गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले प्रदेश सरकारबाट सशर्त अनुदान शीर्षकमा विभिन्न मन्त्रालयबाट २६ वटा योजनाका लागि ३४ करोड ८७ लाख २० हजार रूपैयाँ बजेट प्राप्त गरेको छ ।
काठमाडाैं महानगरपालिकाले भने १४ करोड २६ लाख १२ हजार रूपैयाँ अनुदान पाउनेछ ।