इतिहासका कुराः ०१८ सालसम्म ललितपुर अधिनस्थ तीनथानाको नाउँ यसरी जुर्यो
थानकोट ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडाैं उपत्यका वरपरका इलाकाहरू विजय गरिसकेपछि कीर्तिपुर राज्यमा हमलाको तयारी गरे ।
जसका लागि नैकाप नजिकैको अग्लो डाँडा र त्यसको वरपरको इलाकामा तीनवटा थाना (पोष्ट) निर्माण गरेका थिए ।
सोही ऐतिहासिक थानाको नाउँबाट बस्ती क्षेत्रको नाउँ तीनथाना रहेको मानिन्छ ।
तीनथाना २०१८ सालसम्म ललितपुर जिल्ला अन्तर्गत राखिएको थियो, कीर्तिपुर, नैकाप, पांगा जस्तै ।
देशलाई विभिन्न अञ्चल, जिल्ला तथा गाउँ स्तरको स्थानीय राजनैतिक निकाय गठन गर्ने क्रममा तीनथानालाई काठमाडाैं जिल्ला अन्तर्गत गाउँ पञ्चायत गठन गरिएको थियो ।
तीनथाना नाउँको अवशेष अहिले पनि कतै कतै देख्न सकिन्छ ।
ती अवशेषहरू बस्तीको उच्च स्थानमा रहेका छन्, त्यसलाई गढीको डाँडा पनि भनिन्छ ।
गढी सुरक्षाको दृष्ट्रिकोणबाट बनाइएको एक प्रकारको किल्ला हो । सो गढीको डाँडा नामले तीनथानाको वास्तविकता र त्यसको ऐतिहासकितालाई इङ्गित गर्दछ ।
यद्यपी ती सम्पदा स्थानीय निकायको वेवास्ताका कारण लोप हुने चरणमा छन् ।
सन्दर्भा सामाग्री
डा. गोपाल धाैबन्जार ।
सामाजिक सञ्जालबाट साभार गरिएका प्रतिनिधि तस्बिर