एमाले काठमाडाैं जिल्लाको साताैं अधिवेशन सम्पन्न, चन्द्रगिरि नगरबाट १७ जना पुगे जिल्ला तहमा
थानकोट ।
सत्तारुढ दल नेकपा एमाले काठमाडौं जिल्लाको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् ।
हिजो (मंगलबार) मतदान प्रक्रियामा ३७० मत प्राप्त गरी निरौला निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार निर्मल देउलाले १९१ मत पाए ।
देउला काठमाडाैं महानगर कमिटीका पूर्व अध्यक्ष हुन् ।
जिल्ला पदाधिकारीहरुमा पनि निरौला निकटहरु नै विजयी भएका छन् । जसअनुसार उपाध्यक्षमा विश्वराम सापकोटाले देउला निकट नवराज पराजुलीलाई पराजित गरेका छन् ।
सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका थिए ।
सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भए, सचिव पदका अर्का उम्मेदवार सत्यनारायण डंगोलले १९१ मत ल्याए
उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।
सो पार्टीको काठमाडाैं जिल्ला सदस्यमा चन्द्रागिरि नगरपालिका (काठमाडाैं क्षेत्र नं. १० र ९) बाट १७ जना सदस्य पदमा निर्वाचित, निर्विरोध भएका छन् ।
जसअनुसार काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि नगरबाट विन्दु श्रेष्ठ, बसन्ती श्रेष्ठ, हरिभक्त महर्जन, सुदर्शन केसी, राजु श्रेष्ठ, शिवकुमार महर्जन, संजय सिग्देल, बुद्धलक्ष्मी महर्जन, जगदीश रिजाल जिल्ला कमिटि सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरी काठमाडाैं क्षेत्र नं. ९ अन्तर्गत चन्द्रागिरि नगरबाट अनन्तराज सिग्देल, इन्द्र बहादुर महर्जन, दीपक पनेरु, राजभाइ महर्जन, राजेन्द्र केसी, लक्ष्मण तण्डुकार, रञ्जु खड्का र चम्पा रोका अछामी काठमाडाैं जिल्ला कमिटि सदस्यमा निर्वाचित भएका छन् ।