नेकपा एमाले काठमाडाैं साताैं जिल्ला अधिवेशन आजबाट, चन्द्रागिरि नगरबाट को-को छन प्रतिनिधि ?

थानकोट । 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडाैं जिल्ला कमिटिको साताैं अधिवेशन आजबाट  सुरु हुँदैछ ।

अधिवेशन नयाँ नेतृत्व चयन गर्दै जेठ २८ गते सकिनेछ ।

अधिवेशनको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आज मध्यान्ह उद्घाटन गर्ने तयारी छ ।

अधिवेशन अन्तर्गत भोलि जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र सुरु हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन भएको छ ।

अधिवेशन काठमाडाैं जिल्लाका सबै क्षेत्र तथा स्थानीय तहबाट छानिएका ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुनेछ ।

अधिवेशनमा पार्टी कामको समीक्षा, राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।

यो अधिवेशनले राष्ट्रिय राजनीति र जनसरकारका विषयहरुमा समसामहिक प्रस्तावहरु पारित गर्ने र पार्टी विधानमा व्यवस्था भए अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसिचवहरु लगायत बढीमा २२५ जनाको जिल्ला कमिटी तथा अध्यक्ष र सचिवसहित बढीमा ७ सदस्य लेखा कमिटी समेत निर्वाचित गर्नेछ ।
चन्द्रागिरि नगरबाट काे को चुनिए प्रतिनिधि ?
चन्द्रागिरि नगरपालिका (काठमाडाैं क्षेत्र नंं ९ र १०) बाट नेकपा एमाले काठमाडाैं जिल्ला साताैं अधिवेशनमा ४१ जना प्रतिनिधि चयन भएका छन् ।
जसअनुसार आयोजक तर्फ १२ जना, निर्वाचित वडा कमिटि तर्फ १८ जना, निर्वाचित नगर, जनसंगठन, निर्वाचन क्षेत्र तथा प्रदेश क्षेत्र तर्फ ११ जना गरी ४१ जनाले तीन दिनसम्म चल्ने अधिवेशनमा प्रनिधित्व गर्ने सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *