मातातिर्थ कुण्डमा सन्ध्याकालीन आरती हेर्नेको भीड (फोटो फिचर)

Thankot Times

थानकोट ।

हरेक औंशीका दिन अब चन्द्रागिरि नगरपालिका-०६ स्थित मातातिर्थ कुण्डमा सन्ध्याकालीन आरती आयोजना हुने भएको छ ।

जेठ औंशीका अवसरमा बिहीबार पहिलोपटक मातातिर्थ कुण्डमा हजाराैं दर्शकहरूको उपस्थितिमा आरती आयोजना गरिएको थियो ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाको अग्रसरतामा भएको आरती हेर्न बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ लगायत मातातिर्थ पुगेका थिए ।

मातातिर्थ संरक्षण तथा विकास संस्था अध्यक्ष शान्त उदासले हरेक औंशीका दिन सन्ध्याकालीन आरती हुने जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा हरेक सोमबार सन्ध्याकालीन आरती सञ्चालन हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *