प्रधानमन्त्री कप भलिबलमा चन्द्रागिरि न्यु डायमन्डको खराब लय कायमै, लगातार चौथो हार
थानकोट।
चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल क्लबले काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो हार भोगेको छ।
बुधबार भएको महिलातर्फको खेलमा न्यु डायमन्ड त्रिभुवन आर्मी क्लबसँग सोझो सेटमा हारेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिलातर्फको दोस्रो खेलमा न्यु डायमन्ड आर्मीसँग ३- को सेटमा स्तब्ध बन्यो ।
पहिलो सेटमा आर्मीविरुद्ध डायमन्डले २७-२५ माथि रोमाञ्चक जित हासिल गरेको हो। एक समय १७-२४ को अवस्थामा न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै पहिलो सेटलाई आफ्ना पक्षमा पारेको हो।
दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो सेट २५–१७ ले गुमायो। चौथो सेटमा एक समय ९–१९ ले अग्रता बनाएको डायमन्डले खेल २३–२५ ले गुमायो। पाचौँ तथा अन्तिम सेट १५–१२ ले गुमाउँदै उसले चौथो हार बेहोरेको हो।