थानकोट पानीघाटस्थित वाणासुरकालिन गुफाको प्रारम्भिक अन्वेषण सकियो, प्रतिवेदनमा के छ ?

Thankot Times

थानकोट । 

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक वाणासुरकालिन गुफा (दैबुजल गुफा)को प्रारम्भिक चरणको अन्वेषण गरिएको जनाएको छ । 

आइतबार विभागले अध्ययन प्रतिवेदन चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी समक्ष पेश गरेको छ ।

पहिलो चरणमा स्थानीयबासीहरुसँग अन्तर्वार्ता र सो पश्चात भू-भौतिकी सर्वेक्षणसहितको प्राविधिक अध्ययन सकि विभागले प्रतिवेदन तयार गरेको हो । विभागले अत्याधुनिक विद्युत प्रतिरोधक टोमोग्राफी मेसिन प्रयोग गरी उक्त अध्ययन गरेको बताइएको छ ।

गुफाको केन्द्र पहिचान भइसकेको र अब थप अध्ययन र उत्खनन गर्न नेपाल सरकार पुरातत्व विभागसँग समन्वय गर्न पनि प्रतिवेदन सुझाइएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । 

चन्द्रागिरि नगरले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागसँग थानकोटस्थित ऐतिहासिक गुफाको पुरातात्विक पक्षको अन्वेषणका लागि दुई पक्षीय सम्झौता गरेको थियो।

सो गुफा उत्खननको विषय चन्द्रागिरि नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *