आठाैं प्रधानमन्त्री कप भलिबल लिगः उद्घाटन खेलमा चन्द्रागिरि न्यु डायमण्ड स्तब्ध

Thankot Times

थानकोट ।

चन्द्रागिरि न्यु डायमण्ड स्पोर्ट्स क्लब आठाैं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको पहिलो खेलमा पराजित भएको छ ।

शनिबार सम्पन्न समुह चरणको पहिलो खेलमा न्यु डायमण्ड एपीएफसँग ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भयो । 

खेलमा एपीएफ २५-२३, २३-२५, २०-२५, २५-१५, १५-३ ले विजयी भयो । 

शनिबार नै सम्पन्न अन्य खेलहरूमा नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपकको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ पुलिसले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हरायो । पुलिसले सुदूरपश्चिमलाई २५-२०, २५-१५, २५-१६ ले हरायो ।

यस्तै महिलातर्फ विभागीय डर्बीमा पुलिसले रोमाञ्चक खेलमा त्रिभुवन आर्मीलाई ३-२ ले हरायो । पुलिसले आर्मीलाई २६-२४, २५-२२, २३-२५, २२-२५, १५-८ ले हरायो ।

लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला तर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले प्र्रतिस्पर्धा गर्नेछन् ।

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतफेको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवै तर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपत्यका बाहिरका टोलीले तयारी स्वरुप १ लाख २० हजार तथा उपत्यका भित्रका सहभागी टोलकिा खेलाडीले दैनिक २ सय ५० रुपैयाँ पाउनेछन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *