आज जेठ १९, काजी कालु पाँडेले वीरगति पाएको दिन, इन्द्रस्थानमा स्मृति दिवस मनाइयो
थानकोट ।
नेपाल एकीकरणका प्रमुख भूमिका खेलेका काजी काु पाँडेको स्मृति दिवस शनिबार मनाइएको छ ।
कीर्तिपुरको पहिलो लडाइँमा वि.सं.१८१४ जेठ १९ गते पाँडेले वीरगति प्राप्त गरेका थिए । उनको सम्मानमा चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित इन्द्रस्थानमा बनाइएको स्मृति पार्कमा शनिबार एक कार्यक्रम आयोजना गरी काजी पाँडेको स्मृति दिवस मनाइएको छ । कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
इन्द्रस्थानमा २०७५ सालमा काजी कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिएको थियो ।
लोकोक्तीका अनुसार निधन हुनुअघि पाँडेले आफ्नो समाधि कीर्तिपुर र गोरखा देखिने स्थानमा गर्नु भने बमोजीम उनको समाधि दहचोकस्थति इन्द्रस्थानमा गरिएको हो ।