भोलि शनिबार चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा बिहान १० बजेबाट ५ घण्टा विद्युत अवरुद्ध हुने

Thankot Times

थानकोट। 

नेपाल विद्युत प्राधिकरणले भोलि (शनिबार) चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । 

प्राधिकरणको बलम्बु उपवितरण केन्द्र अन्तर्गत मातातिर्थ फिडरको मातातिर्थ क्षेत्रमा मर्मत तथा कन्डक्टर स्तरोन्नतिका लागि शनिबार बिहान १० बजेबाट दिउँसो ३ बजेसम्मका लागि विद्युत सेवा बन्द गरिनेछ । 

प्राधिकरणले चन्द्रागिरि नगरका दाउरा डिपो, हाइभिजन, महादेवस्थान, चेकपोष्ट, आयल निगम क्षेत्र, गोदाम, थानकोट, त्रिभुवन पार्क, माटिखेल, खरीबोट, भीम मावि क्षेत्रमा विद्युत सेवा विच्छेद गरिने जानकारी दिएको छ । 

यसैगरी, नागढुङ्गा, बसुन्डोल, पिपलामोड, इन्द्रस्थान, टोटी टोल, सिरानचाैर, महेश फाँट, कुखुरे चाैर, झाँगाझिटी लगायतका क्षेत्रमा समेत बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ । 

कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *