२२ वर्षअघि सार्वजनिक गरिएको बाहिरी चक्रपथ अवधारणालाई यसपटक ‘जीरो’ बजेट
थानकोट ।
करिब २२ वर्षअघि सुरु भएको बाहिरी चक्रपथको सपना कागजमै सीमित छ ।
अहिलेसम्म १४ करोड ८४ लाख ५७ हजार रुपैयाँ खर्च भइसकेको बलम्बुबाट सुरु हुने भनिएको काठमााडाैं बाहिरी चक्रपथका लागि आगामी आर्थिक वर्षका लागि कुनै पनि बजेट विनियोजन भएको छैन् ।
२०५८ मा बाहिरी चक्रपथको अवधारणा आएको हो । त्यसयताका २२ वर्ष यो आयोजना सम्भाव्यता अध्ययनमा सीमित छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित सहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गरी जनजीवन सहजीकरण गर्ने भन्दै यो अवधारणा ल्याइएको थियो ।