चन्द्रागिरिमा सवारीसाधनको वायु गुणस्तर चेकजाँच शिविर सम्पन्न

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा सवारी वायु गुणस्तर चेकजाँच शिविर सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिकाको आयोजना र अमेरिकी सहयोग नियोग यूएसएड अन्तर्गत स्वच्छ हावा कार्यक्रम र सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा हिजो बुधबारबाट त्रिभुवन पार्कको पार्किङ क्षेत्रमा गरिएको सञ्चालन गरिएको जाँच शिविरमा १ सय वटा सावरी साधनको वायु परीक्षण गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

शिविरमा एक सयवटा सवारी साधन चेकजाँच हुँदा ५६ वटा सवारी साधनले वायु गुणस्तर कायम गरेको पाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

१८ वटा सवारीसाधनलाई ३ महिनाभित्र सवारीको वायु प्रदूषण मापदण्डमा आउन नगरपालिकाले निर्देशन गरेको छ ।

२६ वटा सवारी साधनले भने नियामानुसार शुल्क तिरी हरियो स्टिकर लिएका छन्। शिविर अवलोकनका लागि पुग्नु भएका नगर प्रमुख घनश्याम गिरीले सबैले समयमा नै आ-आफ्नो सवारी साधनको वायु गुणस्तर परीक्षण गरी नगरपालिकामा स्वच्छ हावा कायम गर्न सबैको साथ र सहयोगको अपेक्षा रहेको प्रतिक्रिया दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *