आठाैं प्रधानमन्त्री कप भलिबल लिगः उद्घाटन खेल एपिएफ र चन्द्रागिरि न्यु डायमण्डबीच हुने

Thankot Times

थानकोट ।

आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता काठमाडाैंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुनेछ । 

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीको सहभागिता रहने आयोजक नेपाल भलिबल संघको जनाएको छ ।

प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् ।

महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपिएफ क्लब, चन्द्रागिरि न्यु डायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बूढानीलकण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुनेछन् ।

साथै, पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्ट्स, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच खेल हुनेछ ।

यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्यु डायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतियोगितामा ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको छ। लिगको दुवैतर्फ विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवै तर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपत्यका बाहिरका टोलीले तयारी स्वरुप १ लाख २० हजार तथा उपत्यका भित्रका सहभागी टोलीका खेलाडीले दैनिक २ सय ५० रुपैयाँ पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *