थानकोटमा चन्द्रागिरि नगरका जनप्रतिनिधि तथा कर्मचारी सवार गाडी जाँच हुन थालेपछि….

Thankot Times

थानकोट। 

चन्द्रागिरि नगरपालिकामा सवारी साधनको वायु गुणस्तर जाँच शिविर बुधबारबाट सुरु भएको छ । 

विश्व वातावरण दिवस-२०२४ को अवसरमा चन्द्रागिरि नगरपालिकाको आयोजनामा दुई दिने सवारी वायु गुणस्तर चेकजाँच शिविरको आज नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गर्नुभएको छ ।

शिविर भोलि बिहीबारसम्म जारी रहने बताइएको छ । 

थानकोटस्थित त्रिभुवन पार्कको पार्किङ क्षेत्रमा सुरु भएको जाँच शिविरमा नीजि तथा सार्वजनिक सवारी साधनहरुको निःशुल्क परीक्षण हुने नगरप्रमुखको सचिवालयले जनाएको छ।

सवारी परिक्षण कार्यालय टेकु, अमेरिकी सहयोग नियोग यूएसएड अन्तर्गतको स्वच्छ हावा कार्यक्रम र सिप्रदी ट्रेडिङ प्रा.लि.को सहयोगमा २ दिने शिविर सञ्चालन गरिएको हो ।  जसमा प्रहरी वृत थानकोट, ट्राफिक प्रहरी प्रभाग थानकोट लगायतले सहजीकरण गरिरहेका छन्। 

सवारीसाधनको वायु गुणस्तर चेकजाँच शिविरमा संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नगरप्रमुख गिरीले समस्त नगरबासीहरूमा आ-आफ्ना सवारी साधनको अवस्था जाँच गराउन अनुरोध गर्नुभयो ।

उहाँले नगरमा यस खालका कार्यक्रम निरन्तर जारी रहनेसमेत जानकारी दिनुभयो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *