‘नेपाल ट्रष्टको मातातीर्थ, थानकोट, सतुङ्गलमा रहेको १७२ रोपनी जग्गा व्यक्तिको नाममा’-महालेखा
थानकोट ।
महालेखा परीक्षकको कार्यालयले नेपाल ट्रस्टको करिब १७३ रोपनी जग्गा व्यक्तिको नाममा रहेको जनाएको छ ।
काठमाडौंको विभिन्न स्थानमा रहेको १७२ रोपनी १५ आना जग्गा व्यक्तिको नाममा रहेको पाइएको हो।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल तथा इचङ्गुमा रहेको १७२ रोपानी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको उल्लेख छ। ऐनको व्यवस्थाविपरीत ट्रस्टको सम्पत्ति मोहीको नाममा दर्ता भएकोमा उक्त जग्गा छानबिन गरी ट्रस्टको नाममा स्वामित्व हस्तान्तरण गरेको नपाइएको प्रतिवेदनमा जनाइएको छ।