कार्यदलको बैठक जारी

थानकोट ।

सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।

बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा केहीबेर अघि शुरु भएको छ ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताउदै आएको छ । आज यसअघि सत्ता पक्षले रवि लामिछानेको नाम उल्लेख नगरी उनको नाम जोडिएका सहकारीहरुको नाम उल्लेख गरेर संसदीय छनबिन गर्ने विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *