आर्थिक वर्ष २०८१ का लागि योजना संकलनमा जुटे चन्द्रागिरिका वडाहरू

Thankot Times

थानकोट ।

आगामी आर्थिक वर्षमा सम्पादन गर्ने गरी चन्द्रागिरि नगरपालिकामा योजना संकलनको कार्य अघि बढेको छ ।

नगरका सबै १५ वटै वडाहरूले आर्थिक वर्ष २०८१-८२ का लागि पुँजीगत तर्फका योजनाहरू संकलनका लागि सूचना जारी गरेका छन् ।

प्राप्त योजनाहरूको आवश्यकता र औचित्यताका आधारमा मूल्यांकन गरी बजेट सुनिश्चिता गरिने सम्बन्धित वडाका जनप्रतिनिधिहरूले जानकारी दिएका छन् ।

चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षमा संकलन भएको राजश्व, खर्चको अनुपात लगायतका विभिन्न ७ वटा सूचकहरूमा वडाहरूले पाएको अंकका आधारमा वर्गीकरण गरि नयाँ आर्थिक वर्षका लागि बजेटको सिलिङ तोक्ने गरेको छ ।

यसअघि चन्द्रागिरि नगरका वडाहरूलाई विभिन्न सूचकहरूको आधारमा विभिन्न तीन वर्गमा वर्गमा विभाजन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *