नेपाल तरुण दलको आयोजनामा चन्द्रागिरि-७ वाणस्थलीमा रक्तदान शिविर, ११९ जनाको सहभागिता

Thankot Times

थानकोट ।

नेपाल तरुण दल काठमाडौ क्षेत्र नं १० ले आयोजना गरेको रक्तदान शिविरमा १ सय १९ जनाले सहभागिता जनाएका छन् । 

चन्द्रागिरि नगरपालिका-७ थानकोट वाणस्थलीस्थित हाइभिजन कोलोनी समाज बुद्धजयन्ती एवं स्थानीय किरण केसीको प्रथम स्मृति दिवसका अवसरमा रक्तदान शिविर आयोजना गरिएको नेपाल तरुण दल काठमााडैं क्षेत्र नं. १० का सभापति इश्वर लामाले जानकारी दिए । 

रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा सांसद् राजेन्द्र कुमार केसी, प्रदेश सभा सदस्य पुकार महर्जन, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतको उपस्थिति रहेको थियो । 

नेपाल तरुण दल काठमााडाैं क्षेत्र नं. १० ले रक्तदान लगायतका परोपकारी कार्यहरू समेत सञ्चालन गर्दै आएको छ।

संलग्न गरिएका सबै तस्बिरः चन्द्रागिरि डिजिटल प्रिन्ट, सतुङ्गल


Leave a Reply

Your email address will not be published. Required fields are marked *