चन्द्रागिरि नगरका परिचित समाजसेवी सूर्यनारायण मानन्धरको तेस्रो स्मृति दिवस मनाइयो
थानकोट ।
चन्द्रागिरि नगरका परिचित समाजसेवी सूर्यनारायण मानन्धरकाे तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार एक कार्यक्रम आयाेजना भएको छ ।
चन्द्रागिरि नगरपालिका-५ महादेवस्थानस्थित महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयले तत्कालीन अध्यक्ष मानन्धरको स्मृति दिवस कार्यक्रम आयाेजना गरेकाे हाे ।
कार्यक्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, नगरका वडा नं ५, ६ र ७ का जनप्रतिनिधिहरु, संस्थाका पदाधिकारीहरु लगायत स्थानीय समाजसेवीहरुकाे उपस्थिति रहेकाे महादेवस्थान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।
मानन्धर साे समितिको संस्थापक अध्यक्ष हुनुहुन्थ्याे । उहाँको २०७८ जेठ १० काेभिड संक्रमणका कारण निधन भएको थियाे ।
मानन्धरको सम्मानमा महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गत वर्ष संस्थाको कार्यालय हातामा अर्धकदकाे शालिक समेत स्थापना गरेकाे छ।