सार्वजनिक जग्गामा बनेका अवैध संरचना भत्काउन चन्द्रागिरि नगरको चासो, कार्यान्वयन कति सहज ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना तत्काल हटाउन सूचना जारी गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै नगरले नियम विपरित बनेका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले तत्काल नहटाए नगरपालिकाले नै हटाउन अग्रसर हुने जानकारी गराएको हो ।

ती कार्यका लागि लाग्ने खर्च समेत नगरले सम्बन्धित व्यक्ति, संस्थाबाटै असूल उपर गराइने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

सूचनाको अवज्ञा भएको पाइएमा नगर प्रहरी परिचालन गरिने समेत अर्यालको भनाइ छ ।

सामाजिक सञ्जालमा खिसिट्यूरी

चन्द्रागिरि नगरपालिकाको आधिकारिक फेसबुक पेजमा प्रेषित सो सूचना कार्यान्वयन हुनेमा नगरबासीहरू विश्वस्त नभएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार तयार पार्दासम्म प्राप्त प्रतिक्रियाहरू मध्ये अधिकांशले कार्यान्वयन हुनै नसक्ने सूचना भन्दै नगरपालिकाप्रति व्यङ्ग गरेका छन् ।


सूचना हेराैंः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *