चन्द्रागिरिका मासु पसलमा अनुगमन, फेला पर्यो किरा परेका मासु र बंगुरको टाउको (फोटो फिचर)

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका मासुजन्य पदार्थ बिक्रीस्थलमा नगरपालिकाले अनुगमन गरेको छ । मंगलबार उपमेयर बसन्ती श्रेष्ठ नेतृत्वको अनुगमन टोली नगरका तीनथाना, सतुगंल क्षेत्रमा अनुगमन गर्दा अत्यासलाग्दो दृश्य देखिएको छ । 

व्यवसायीहरूले सरसफाइको न्यूनतम मापदण्ड समेत पालना नगरी व्यवसाय सञ्चालन गरेको फेला परेको अनुगमनमा खटिएका पशु सेवा अधिकृत बद्री पाैडेलले जानकारी दिए । 

अनुगमनका क्रममा कैफियत देखिएका व्यवसायीहरू माथि कसुर अनुसार जरिवाना तिराइ सचेत गराइएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

के देखियो मासु पसल अनुगमनमा ? फोटोमा हेराैंः सबै तस्बिर उपप्रमुख बसन्ती श्रेष्ठको सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *