दलित समुदायका युवायुवतीलाई स्कुटर तथा मोटरसाइकल चलाउन सिकाउँदै चन्द्रागिरि वडा नं. १४

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापले वडा क्षेत्रमा बसोबास गर्ने युवा युवतीहरूलाई लक्षित गरी स्कुटर तथा मोटरसाइकल चलाउन १५ दिने तालिम सञ्चालन गर्ने भएको छ ।
वडा कार्यालयले वडा क्षेत्रभित्र बसोबास गरिरहेका दलित समुदायका युवतीलाई १५ दिने तालिम निःशुल्क दिने भएको हो ।
इच्छुकले जेठ ६ गतेभित्र आवेदन पेश गर्न सक्ने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।