भोलि जेठ २ गतेबाट चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा ३ दिन दैनिक ६ घण्टा विद्युत अवरुद्ध हुने

Thankot Times

थानकोट ।

भोलि (जेठ) २ गतेबाट जेठ ४ गतेसम्म चन्द्रागिरि नगर क्षेत्रका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदैछ ।

नेपाल विद्युत प्राधिकरण १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना मातातिर्थका अनुसार थानकोट फिडर अन्तर्गत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्यूचर, लामाचाैर, बानियाँ गाउँ, किटनी भज्याङ क्षेत्रमा बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

यसैगरी सोही फिडर अन्तर्गत बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशु सेवा कार्यालय, सिर्जना चोक क्षेत्रमा समेत विद्युत सेवा अरुद्ध हुने प्राधिकरणको भनाइ छ ।

यसैगरी प्राधिकरणको बलम्बु फिडर अन्तर्गत कलंकी, ढुङ्गेअड्डा, आर्केड कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसिगाउँ, हरियाली, सतुगंल, नयाँ नैकाप, चुनदेवी, प्रगति नगर लगायतका क्षेत्रमा समेत जेठ २ गतेबाट ४ गतेसम्म दैनिक ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने तालिका रहेको छ ।

गत बैशाख २९ गतेबाट यस क्षेत्रमा स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडानको कार्य जारी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *