मातातिर्थ सडक स्तरोन्नतिका लागि विद्युत प्राधिकरणले चन्द्रागिरि नगरलाई डेढ करोड रूपैयाँ दिने

थानकोट ।
नेपाल विद्युत प्राधिकरणले चन्द्रागिरि नगरका लागि सडक स्तरोन्नतिका लागि डेढ करोड रूपैयाँ उपलब्ध गराउने भएको छ ।
प्राधिकरणले चन्द्रागिरि नगरपालिका वडा नं. ८स्थित मातातिर्थ-सतुंगल सडक अन्तर्गतको कंचनबस्ती गेटबाट विद्युत प्राधिकरणको आयोजना निर्देशनालय, मातातिर्थसम्मको सडक खण्ड स्तरोन्नतिका लागि सो रकम उपलब्ध गराउने भएको हो ।
प्राधिकारण र चन्द्रागिरि नगरपालिकाबीच सम्झाैता भइ करिब डेढ करोड रूपैयाँ दिने समझदारी भएको थियो ।
जसअनुसार प्राधिकरणले सम्झाैता बमोजिमको कार्यका गर्नका लागि १० प्रतिशत रकम पेश्कीसमेत उपलब्ध गराएको आयोजना प्रमुख लक्ष्मण फुयालले जानकारी दिए ।