मातातिर्थ क्षेत्रमा भीषण आगलागी

थानकोट ।
चन्द्रागिरि नगरपालिका ८ मातातिर्थ क्षेत्रको जंगलमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ र ६ को सीमानामा नजिकको जंगलमा सो आगलागी भएको हो ।
आगलागी भएको स्थान मातातिर्थ कुण्ड नजिकै पर्दछ ।
जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयको अग्रसरतामा सो आगलागी नियन्त्रणमा लिइएको चन्द्रागिरि वडा नं. ८ का वडाध्यक्ष प्रह्लाद रिजालले जानकारी दिनुभयो ।
सो आगलागीबाट कुनै मानवीय क्षति नभएको बताइएको छ ।