आज तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुँदै

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानासँगको सहकार्यमा ज्येष्ठ नागरिक सेवा प्रतिष्ठान तीनथानाले आज चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी मन्दिर क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्दैछ ।
तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा बिहान ९ः३० बजेबाट सुरु हुने निःशुल्क आँखा जाँच शिविर दिउँसो २ बजेसम्म जारी रहने सहयोगी संस्था विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजले जनाएको छ ।
शिविरमा छनाैट भएका मोतियाबिन्दुका बिरामीहरूलाई तिलगंगा आँखामा शल्यक्रियाका लागि सहजीकरण गरिने बताइएको छ ।