सिद्धबाबा सुरुङमार्ग निर्माणका तस्बिरहरू (फोटो फिचर)

थानकोट।
नागढुगा सुरुङ मार्गसँगै चर्चामा रहेको अर्को सुरुङ मार्ग हो सिद्धार्थ राजमार्गमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्ग।
यतिबेला सो सुरुङ खन्ने काम धमाधम भइरहको छ ।
पहिरोग्रस्त क्षेत्रमा सुरुङबाट सडक निकाली सडक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले यो परियोजना अगाडि बढेको हो ।
यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ । पोखरासँग जोड्ने सुरुङमार्ग पुरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ ।
सबै तस्बिरः सिद्धबाबा टनेल प्रोजेक्ट