सतुगंल-मातातिर्थ-कुलेखानी सडक खण्डमा बैशाख ३० गतेसम्म यातायात सञ्चालनमा रोक

थानकोट ।
सतुगंल-मातातिर्थ-कुलेखानी सडक खण्डमा बैशाख ३० गतेसम्मका लागि यातायात आवागमन बन्द गरिने भएको छ ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थले आइतबार एक सूचना जारी गर्दै सो सडकमा यातायात सञ्चालनमा रोक लगाइने जानकारी दिएको हो ।
वडाध्यक्ष प्रल्हाद रिजालका अनुसार पुर्वाधार विकास कार्यालले सतुगंल-मातातिर्थ-देउराली-कुलेखानी सडक खण्ड मर्मत एवं स्तरोन्नति भइरहेको सन्दर्भमा सवारी साधनको अत्याधिक चाप रहँदा सडक निर्माण एवं विस्तारमा समस्या देखिएकोले बैशाख ३० गतेसम्म सो सडकमा यातायात सञ्चालन बन्द गरी सहयोगका लागि माग भएपछि वडा कार्यालयले सो सूचना जारी गरेको हो ।
सूचना हेराैं