चन्द्रागिरि नगरका करिब ८ हजार जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य
थानकोट ।
संघीय सरकारले बैशाख आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख ६ र ७ गते (आज र भोलि) भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको हो ।
सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।
नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।
खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ । सोही अभियान अन्तर्गत चन्द्रागिरि नगरका सबै वडाहरूमा बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने क्रम जारी छ । यो अभियान भोलि शुक्रबार पनि जारी रहने चन्द्रागिरि नगरपालिकाले जनाएको छ। कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल ६ महिना देखि ५९ महिनाका बालबालिका र जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।