चन्द्रागिरि नगरमा अर्को पनि केबलकार बन्ने, वातावरणीय प्रभाव मूल्यांकनका लागि सात दिने सूचना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा दाेश्राे केबलकार सेवा निर्माणका लागि प्रस्ताव पेश हुने भएको छ ।

चम्पादेवी केबलकारको प्रवर्द्धक चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र केबलकार परियोजना प्रभावित क्षेत्रका स्थानीयहरूबाट केबलकार परियाेजना सन्दर्भमा लिखित राय सुझाव माग गरेको छ ।

केबलकार आयोजनाका अनुसार दक्षिणकाली नगरपालिका १ बोसन गाउँमा केबलकारको तल्लो स्टेशन रहनेछ भने चन्द्रागिरि नगरपालिका ९ मा माथिल्लो स्टेशन रहनेछ ।

कूल २०७५.५ मिटर लम्बाइको केबलकार परियोजनाले दक्षिणकाली नगरपालिका वडा नं. १, ५ ९, चन्द्रागिरि नगरपालिका ९ र कीर्तिपुर नगरपालिका ४ मा प्रभाव पार्न सक्ने बताइएको छ ।

पुतलीसडकस्थित प्रस्तावक कम्पनी चम्पादेवी इको फ्रेण्डली प्रालिले सो परियोजना निर्माणको प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भाैतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पार्दछ भन्ने विषयमा स्थानीयको राय माग गरेको हो।

आयोजना प्रभावित क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चाैकी तथा सरोकारवाला व्यक्त तथा निकायको लिखित राय सुझाव संकलनका लागि कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी  गर्दै कम्पनीले वातावरण संरक्षण नियमावली २०७७ को नियम ४ को उपदफा २ र अनुसूची ४ बमोजीम इच्छुकले सात दिन भित्र राय बुझाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

सूचना हेराैं 


Leave a Reply

Your email address will not be published. Required fields are marked *