चैत्र २४ गते लायन्स क्लबले सुकुटेमा स्वास्थ्य शिविर एवं रक्तदान शिविर आयोजना गर्ने

Thankot Times

थानकोट ।

लायन्स क्लब अफ काठमाडाैं सायाको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा एक दिने स्वास्थ्य शिविर एवं रक्तदान शिविर सञ्चालन हुने भएको छ ।

ओम समाज डेन्टल अस्पताल चाबहिल, मातृका आई सेन्टर तथा हिमाल रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम सुकुटेस्थित स्याण्डी बीच रिसोर्टमा हुन बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *