विश्व अटिजम सचेतना दिवसका अवसरमा बलम्बुमा सचेतनामुलक कार्यक्रम हुने

Thankot Times

थानकोट ।

विश्व अटिजम सचेतना दिवस चन्द्रागिरि नगरमा पनि मनाइने भएको छ ।

मंगलबार (भोलि) चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा रहेको अटिजम बाैद्धिक अपाङ्गता केयर सेन्टरमा बिहान पाैने ८ बजे सचेतना कार्यक्रम सुरु हुने बताइएको छ ।

महिला उत्प्रेरणा विकास मञ्चले चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

अटिजम स्पेक्ट्रम डिसअर्डरको बारेमा सचेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरूकता दिवस मनाइन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *