फागु मनाउन घर जानेहरुको भीड, कलंकीमा सवारीसाधनको चाप
थानकोट ।
राजधानी शहर भित्र्याउने प्रमुख चोक कलंकीमा यतिबेला सवारी साधनको चाप बढेको छ ।
सडक किनारमा उभिएर सवारी साधन पर्खिरहेका महिला तथा पुरुषहरूको भीडले अहिले साँझ कलंकी चोक क्षेत्रमा सवारी साधन चापमा गुडिरहेका छन् ।
शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा हुँदा काठमाडाैं उपत्यका छाड्नेहरुको भीड कलंकी-ढुङ्गेअड्डा क्षेत्रमा घुँइचो देख्न सकिन्छ ।
तराई क्षेत्रमा सोमबार फागु मनाइँदैछ भने पहाडी क्षेत्रमा आइतबार फागु मनाइँदैछ ।