‘१० वर्षअघि कोठामा बस्ने पूर्व उपराष्ट्रपतिको कसरी ५ रोपनीमा दरबार ठडियो ?’ – सांसद के.सी.

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा बैठकमा ​पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै काठमाडाैं क्षेत्र नं. १० बाट निर्वाचित भएका नेपाली कांग्रेसका सांसद राजन केसीले पुनको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । 

१० वर्षअघि कोठामा बस्ने पुनले अहिले ५ रोपनीको जग्गामा दरबार ठड्याएको भन्दै स्रोत खुलाउन माग गरे । ‘माओवादीका नेता पुनहरू सुनसँग जोडिएका छन्, अहिलेका अर्थमन्त्री वर्षमान पुन सुनसँग जोडिनुभएको छ । अर्का पुन हुनुहुन्छ पूर्व उपराष्ट्रपति । मेरो छिमेकमा उहाँको आलिसान दरबार छ । १० वर्ष अगाडि कपनमा २ कोठामा बस्नुहुन्थ्यो । आज ५ रोपनी जग्गामा बनेको आलिसान दरबारमा उहाँ राज भइबक्सेको छ,’ केसीले भने, ‘म चाहन्छु त्यो पैसा कहाँबाट आयो ? कसरी दरबार बन्यो ? स्रोत के हो ? कसरी धन प्राप्त भयो ? १० वर्ष अगाडि सामान्य जीवनयापन गरेको मान्छेले यति धेरै सम्पत्ति कसरी कमाउनुभयो ?’

पूर्व उपराष्ट्रपतिका छोरा दिपेश र जितेन्द्र दुवै सुन तस्करीमा जोडिएको समाचार आइरहेको बेला कांग्रेस सांसदले संसदमै कुरा उठाएका हुन् ।

उपराष्ट्रपति पुन गत चैत्र २ गतेबाट चन्द्रागिरि नगरपालिका १ दहचोक इन्द्रस्थानस्थित नीजि घरमा बस्न थालेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले छाेडे सरकारी निवास, आजबाट दहचोक इन्द्रस्थानस्थित निजी निवासमा

भिडियो हेराैं । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *