थानकोट कोतघरमा आज आँखा जाँच शिविर सञ्चालन हुँदै
थानकोट ।
त्रैविद्य फाउण्डेशनको आयोजनामा आज सोमबार चन्द्रागिरि नगरपालिका-०४ थानकोटमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
स्थानीय कोतघरमा बिहान १० बजेबाट सुरु हुने शिविर दिउँसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ।