अन्तर्राष्ट्रिय महिला दिवसः ब्राइट किन्डर वर्ल्डकी निर्देशक थापालाई राष्ट्रिय नारी सम्मान

Thankot Times

थानकोट ।

११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलालाई सम्मान गरेको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपसभामुख इन्दिरा रानामगरले बिहीबार आयोजित एक समारोहका बीच विभिन्न क्षेत्रमा कियाशील ३० जना महिलालाई सम्मान गर्नुभएको थियो । सो क्रममा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट किन्डर वर्ल्डकी निर्देशक हिरा थपा, गोरखापत्र संस्थानबाट प्रकाशित मुना मासिकका सहसम्पादक लक्ष्मी खतिवडा, नेतृ जयन्ती राई, रन्जु झा र गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालगायत सम्मानित हुनु भएको थियो ।

सो कार्यक्रममा बोल्नुहुँदै नेता झलनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था भएको बताउनुभयो ।

उहाँले साहना प्रधान, मङ्गलादेवी सिंहलगायतका थुप्रै अग्रज महिला नेतृले नेपाली समाजमा महिलाको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि उठाएको आवाजको परिणामले समाजमा निकै परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो ।

उपसभामुख इन्दिरा रानामगरले प्रतिष्ठानले देशभरि विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेको बताउनुभयो । सो अवसरमा नाटक र विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो ।

पाँच वर्षअघि स्थापना भएको चन्द्रलोक प्रतिष्ठानले वर्षेनी सामाजिक परोपकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरूको सम्मान तथा विविध अन्तर्क्रियात्मक कार्यक्रमहरू समेत आयोजना गर्दै आएको प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *