बासी पकाैडा खुवाएको भन्दै काठमाडाैं महानगरले आफ्नै कार्यालयको चमेना गृहलाई तिरायो जरिवाना
थानकोट ।
काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
चमेना गृहको खानाका विषयमा गुनासा आएपछि अनुगमन गर्दा पकौडा बासी पाइएको तथा बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए ।
महानगरका अनुसार मूल्य अनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो ।
“हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारबाही गरेका हौँ । झाले भने, “हामीले नमुना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।”