बलम्बु ब्याडमिन्टन क्लबको अध्यक्षमा राजेन्द्र महर्जन सर्वसम्मत

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ स्थित बलम्बु ब्याडमिन्टन क्लबको अध्यक्षमा राजेन्द्र महर्जनसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् ।

शनिबार सम्पन्न क्लबको तेस्रो वार्षिक साधारण सभाबाट महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

यसअघि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले क्लबको साधारणसभाको उद्धाटन गर्नुभएको थियो । सो क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, सो वडाका वडाध्यक्ष न्हुच्छे बहादुर महर्जन, वडासदस्यहरू, पूर्व वडाध्यक्ष प्रकाश श्रेष्ठ, समाजसेवी इश्वर लामा लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाले क्लबको उपाध्यक्षमा सुजिन्द्र महर्जन, सचिवमा अमर दिप सिंह, कोषाध्यक्षमा प्रेमकृष्ण महर्जन सर्वसम्मत चयन गरेको छ ।

यसैगरी शान्त महर्जन, पुरुषोत्तम महर्जन, आइसकुमार श्रेष्ठ, इन्द्रबीर महर्जन, संजय महर्जन, रविन्द्र महर्जन तथा जीत बहादुर महर्जन सदस्यमा सर्वसम्मत चुनिएका छन् ।

क्लबको सल्लाहकार समितिमा न्हुच्छेबहादुर महर्जन, इश्वर लामा, राजेश महर्जन, सविन श्रेष्ठ, राजकुमार पोखरेल तथा सन्तोष गुरुङ मनोनित भएका छन् ।२०७७ साल बाट अस्तित्वमा आएको क्लबमा हलसम्म ६४ जना आजीवन सदस्य बनिसकेका छन् ।

चन्द्रागिरि नगरमा निर्माण सम्पन्न भएका इन्डोर कभर्ड हल मध्ये बलम्बुमा रहेको ब्याडमिन्टन कभर्ड हल दोश्रो हो ।

साधारण सभा समारोहमा सो क्लबको कभर्ड बनाउन योगदान पुर्याउनुहुने महानुभावहरूलाई बलम्बु गाउँका थकालीद्धारा सम्मान समेत गरिएको थियो ।

क्लबले निकट भविष्यमा नै चन्द्रागिरि मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने समेत साधारण सभाका क्रममा जानकारी दिइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *