दादुरा-रुबेला खोप अभियान अन्तर्गत चन्द्रागिरि नगरमा हालसम्म कति जनाले खोप लिए ?
थानकोट ।
संघीय सरकारको निर्धारित कार्यक्रम ‘खोप अभियान’ अनुसार फागुन १३ गतेबाट चन्द्रागिरि नगरपालिकामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुवेला खोप लगाउने अभियान जारी छ ।
नगरका सबै १५ वटै वडाहरूमा अभियान एकसाथ सुरु भएको छ । चन्द्रागिरि नगरपालिका क्षेत्रका विद्यालय तथा स्वास्थ्य संस्थामा गरी जम्मा ९१ खोप केन्द्रमा सो अभियान जारी रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ।
चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोका अनुसार खोप अभियानमा चन्द्रागिरि नगरका ३५ हजार बालबालिका सो खोप अभियानमा सहभागी गराउने तयारी छ ।
स्वास्थ्य शाखा प्रमुख महतोका अनुसार शुक्रबारसम्म चन्द्रागिरि नगरमा २६,०९२ जनाले दादुरा-रुवेला खोप लिएका छन् । सो अभियान फागुन २४ गतेसम्म जारी रहनेछ ।
चन्द्रागिरि नगरमा फागुन १३ देखि २४ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने