तेस्रो एसजी अन्तरविद्यालय छात्र फुटसलः यू-१४ मा रिब्स च्याम्पियन, यू-१२ मा ब्राइट फ्युचर तेस्रो

Thankot Times

थानकोट ।

काठमाडाैं सानो भर्याङमा सञ्चालित तेश्रो एसजी अन्तर विद्यालय ब्वाइज फुटसल प्रतियोगिता अन्तर्गत यू-१४ उमेर समूहमा चन्द्रागिरि नगरपालिका-५ स्थित रिब्स च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा रिब्सले घरेलु टोली स्वस्तिश्री गुरुकुललाई ३-० गोलले स्तब्ध बनाउँदै उपाधि जितेको हो।

रिब्सका ब्लेस गुरुङले २ र श्रमन गुरुङले १ गोल गरे । द एक्सेल्सियर स्कुल तेस्रो बन्यो । 

यो विधामा रिब्स स्कुलका आयुश केसी उत्कृष्ट गोलरक्षक चुनिए भने रिब्सकै ब्लेस गुरुङ सर्वाधिक गोलकर्ता भए । स्वस्तिश्रीका दीप खत्री उत्कृष्ट खेलाडी चुनिए । यू–१२ मा बम्हकुञ्ज पहिलो भयो । फाइनलमा ब्रम्हकुञ्जले रिब्सलाई १–० ले हरायो । ब्रम्हकुञ्जका जेम्स राईले निर्णायक गरे । ब्राइट फ्युचर तेस्रो स्थानमा रह्यो । ब्राइटका कृपाल लम्साल सर्वाधिक गोलकर्ता भए । रिब्सका सागरकुमार यादव उत्कृष्ट गोलरक्षक र ब्रम्हकुञ्जका सम्बुद्ध कुवर (एलेक्स) उत्कृष्ट खेलाडी बने ।

प्रतियोगिताको यू-१६ को उपाधि भने घरेलु टोली स्वस्तिश्री गुरुकुलले जितेको छ । शुक्रबार नै सम्पन्न फाइनलमा स्वस्तिश्रीले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । पारामाउन्ट स्कुल तेस्रो भयो । यो उमेर समुहको विधामा स्वस्तिश्रीका रिहानमान जोशी उत्कृष्ट गोलरक्षक, स्वस्तिश्रीका आरोभ शर्मा उत्कृष्ट खेलाडी र पाठशालाका मनिल अधिकारी सर्वाधिक गोलकर्ता घोषित भए । निःसर्ग बाटिकाले फेयर प्ले ट्रफी हात पार्‍यो ।

यू–१२ मा बम्हकुञ्ज पहिलो भयो । फाइनलमा ब्रम्हकुञ्जले रिब्सलाई १-० ले हरायो । ब्रम्हकुञ्जका जेम्स राईले निर्णायक गरे । चन्द्रागिरि नगरपलिका नैकापस्थित ब्राइट फ्युचर तेस्रो स्थानमा रह्यो । ब्राइटका कृपाल लम्साल सर्वाधिक गोलकर्ता भए । रिब्सका सागरकुमार यादव उत्कृष्ट गोलरक्षक र ब्रम्हकुञ्जका सम्बुद्ध कुवर (एलेक्स) उत्कृष्ट खेलाडी बने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *