मातातिर्थस्थित एक घरबाट चोरी भयो लाखाैंको धनमाल, चोर पत्ता लगाउँदै प्रहरी

थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थस्थित एक घरमा चोरी भएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार स्थानीय प्रदिपजंग केसीको घरको मुल ढोकाको ताला फुटाई सुन तथा चाँदीका विभिन्न गहना र मोबाइल १ थान गरी करिब ५ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका ३ बासँबारी बस्ने ६८ वर्षीय प्रेम बहादुर रायमाझीको घरबाट नगद र सुनको गहना गरी करिब ४ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल सोमबार बेलुकी चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।