इन्द्रस्थान सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

थानकोट ।
कलंकी-इन्द्रस्थान सडकमा बुधबार बिहान दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
प्रहरी वृत्त थानकोटका अनुसार बुधबार बिहान बा. ९३ प. ८७४६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२ ४२ प ६३६९ नम्बरको मोटरसाइकल चन्द्रागिरि नगरपालिका १ इन्द्रथान सडकमा ठोकिँदा बा. ९३ प. ८७४६ नम्बरको मोटरसाइकल चालक तारकेश्वर नगरपालिका बस्ने २० वर्षीय सुवास श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसारका उनको केही दाँत झरेको छ भने टाउको र अनुहारमा गहिरो चोट लागेको छ । श्रेष्ठको कलंकीस्थित नेशनल अस्पतालमा उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल तथा बागमती प्रदेश ०२ ४२ प ६३६९ नम्बरको मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्तले जानकारी दियो ।