कीर्तिपुरसहित विभिन्न स्थानमा रहेका नेपाल एपीएफ विद्यालयमा २१ जना शिक्षक माग

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका विद्यालयहरूका लागि नेपाल एपीएफ स्कुलले शिक्षक माग गरेको छ ।

आधारभूत तथा माध्यमिक तहका लागि विभिन्न विषयका २१ जना शिक्षक माग भएको हो । ती विज्ञापनहरूमा ३० दिन भित्र आवेदन पेश गर्न सकिने बताइएको छ।

जसअनुसार प्रधानाध्यापक, अंग्रेजी, गणित, कम्प्युटर, नेपाली, विज्ञान र सामाजिक शिक्षा शिक्षण शिक्षक माग गरिएको नेपाल एपीएफ स्कुलले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गतबाट हाल सप्तरी, बाँके, कञ्चनपुर तथा काठमाडाैंको कीर्तिपुरमा नेपाल एपीएफ  विद्यालय सञ्चालनमा रहेका छन् ।

नेपाल एपीएफ स्कुल झलारी, कञ्चनपुरका लागि प्रधानाध्यापक माग भएको छ भने अन्य स्कुलका लागि शिक्षक माग भएको हो ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *