काठमाडाैं शिक्षा क्याम्पसले पायो क्यूएए प्रमाणपत्र
थानकोट ।
सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रणालीमा आबद्ध भई कलेजले संस्थागत मूल्यांकनका सबै चरण पूरा गरी क्वीएए प्रमाणपत्र पाएको हो।
आयोगले बुधबार कलेजलाई क्यूएए प्रमाणपत्र दिएको छ। चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शीवकुमार महर्जन, नगरका जनप्रतिनिधिहरू, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू लगायत सो प्रमाण पत्र ग्रहणका लागि आयोगको कार्यालय भक्तपुर पुगेका थिए ।
उक्त क्यूएए प्रमाणपत्र पाँच वर्षका लागि हो। त्यसपछि आयोगले पुन: नवीकरण गर्नुपर्छ। कलेजका तर्फबाट वर्षेनी एकेडेमिक अडिट पेश गर्नुपर्ने नियम पनि छ।
क्याम्पसले क्यूएए प्रमाणपत्र पाएको विषयमा शनिबार एक कार्यक्रम गरी जानकारी गराउने क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
आज हाम्रो KSC (काठमाडौँ शिक्षा क्याम्पस) ले क्यूयुए प्राप्त गरेकोले सहपाठी शिक्षक र विद्यार्थीहरु एकदमै उत्साहित छौ आगामी दिनहरुमापनि यस्तै पर्गतीको कामना गर्दछौ साथै थानकोट times लाई पनि सूचना प्रसारणको लागि धेरै धेरै धन्यवाद 🙏🙏