बलम्बु प्रहरी प्रभाग भित्र गोली चल्यो, एक प्रहरीसहित २ जना घाइते

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ गोली चलेको छ ।

प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

सो पेस्तोलबाट चलेको गोलीले  प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) कै ‘बडीगार्ड’ घाइते भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाका अनुसार, डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ ।

उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाले बताए

अपडेटः

बलम्बु प्रहरी प्रभागका गोली चल्दा एक स्थानीय समेत घाइते भएको खबर प्राप्त भएको छ ।

गोली लागेर घाइते भएका प्रभागका प्रमुखका बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । दुवैको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *