नेपाल नेशनल अस्पताल र नेपाल हक्की संघबीच स्वास्थ्य सुविधा सम्झाैता
थानकोट ।
काठमाडाैंको कलंकीस्थित नेपाल नेशनल अस्पताल र नेपाल हक्की संघबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झाैता गरिएको छ ।
सो सम्झाैता अनुसार अब नेपालका हक्की खेलाडी, प्रशिक्षक, अफिसियल लगायत हक्की संघसँग सम्बन्धित र परिवारलाई नेपाल नेशनल अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा सुविधा उपलब्ध हुनेछ ।
आइतबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेल र नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ द्विपक्षीय सम्झाैतामा हस्ताक्षर गरेका हुन् ।
अस्पतालले हक्की संघले आयोजना गर्ने प्रतियोगिता एवं गतिविधिहरूमा मेडीकल पार्टनरका रुपमा कार्य गर्ने समेत सम्झाैता भएको अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेलले जानकारी दिनुभयो ।