तीनथाना बस्ने मनोज कुमारको खाद्य स्टोरबाट चोरी भयो २० लाख नगद

Thankot Times

थानकोट । 

काठमाडौंका दुई स्थानमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित बारा गढीमाई नगरपालिका-२ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्ने ४७ वर्षीय मनोज कुमार गुप्ताको अमन खाद्य स्टोरको सटरको ताला फोडेर नगद करिब २० लाख रुपैयाँ गएराति चोरी भएको छ । 

यसैगरी  टोखा नगरपालिका-७ धापासी डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ घर भएका कृष्ण घिमिरेको कोठामा चोरी भएको हो । 

शुक्रबार दिउँसो नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *