चन्द्रागिरिमा लोकप्रिय मत ल्याएका वडा सदस्यले स्थापना गरे वडा सदस्य जेष्ठ नागरिक विकास कोष

Thankot Times

थानकोट ।

गत स्थानीय तह निर्वाचनमा चन्द्रागिरि नगरमै सबैभन्दा लोकप्रिय मत ल्याइ विजयी भएका चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थका वडा सदस्य विजय श्रेष्ठले वडा सदस्य जेष्ठ नागरिक विकास कोष स्थापना गरेका छन् ।

बुधबार मातातीर्थमा आयोजित एक कार्यक्रमका बीच वडा सदस्य विजय श्रेष्ठले वडाका जेष्ठ नागरिकहरूका लागि वडा सदस्य जेष्ठ नागरिक विकास कोष स्थापना गरेका हुन् ।

कोष स्थापनार्थ खुसी खुसी साकोसले १५ हजार रुपैयाँ सहयोग गरेको छ भने स्थानीय सागर रिजालले १० हजार १ सय तथा स्थानीय जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष समेत रहेका भुयुचा श्रेष्ठले ५ हजार सहयोग गरेको वडासदस्य श्रेष्ठले जानकारी दिए ।

जेष्ठ नागरिक विकास कोष स्थापना आरम्भ कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।सो कोषमा जम्मा भएको रकम मातातीर्थस्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनार्थ खर्च हुने बताइएको छ ।

अक्षय कोषका रूपमा स्थापना भएको सो कोषमा सहयोग गर्न वडा सदस्य श्रेष्ठले  सबैमा आह्वान समेत गरेका छन् ।

चन्द्रागिरि ८ मा ३ मतको ‘थ्रिलिङ्ग विन’ को छायाँमा नगरकै ‘पपुलर भोट’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *