सतुगंलमा पानीमा डुबेर ७ वर्षीय बालकको मृत्यु
थानकोट ।
निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्यांकीको पानीमा डुबेर चन्द्रागिरि नगरपालिकामा ७ वर्षीय बालकको ज्यान गएको छ ।
प्रहरी प्रभाग बलम्बुका अनुसार चन्द्रागिरि नगरपालिका-११ स्थित विष्णुदेवी मन्दिर नजिकै निर्माणाधिन भवनको भर्याङमुनि रहेको रिजर्भ ट्यांकीको पानीमा डुब्दा गम्भीर घाइते भएका ती बालकको आइतबार मृत्यु भएको हो।
चन्द्रागिरि नगरपालिका ११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंह बहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएका सरिता तामाङका ७ वर्षीय छोराको आइतबार साँझ मृत्यु भएको हो।
खेल्ने क्रममा डुबेर गम्भीर तामाङको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।