पहिरोले अवरूद्ध मातातीर्थ-भीमफेदी सडक एकतर्फी सञ्चालन

Thankot Times

थानकोट ।

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग भीमफेदी-महालक्ष्मी खोला-चखेल-मातातीर्थ सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ मा सुख्खा पहिरोले अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालन गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका-५ पाटीचौर सडक खण्डमा जेसिबीले सडक चौडा गर्न कटान गर्ने क्रममा शनिबार सुख्खा पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले सुख्खा पहिरो खसेर सडकमा आवागमन अवरुद्ध बनेपछि पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । 

स्थानीय र प्रहरीको समेत सहयोगमा सडक सुचारु गरिएको थियो । 

सडक अवरुद्ध बनेपछि सो मार्ग भएर चल्ने सुमोलगायतका साना सवारीका साधनको आवागमन ठप्प भएकोमा सडक खुलेसँगै गन्तव्यतर्फ लागेका छन्। 

हेटौँडा काठमाडौँ जोड्ने उक्त सडकको मकवानपुर र काठमाडौँतर्फ हाल स्तरोन्नतिको काम भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *